ललिता निवास प्रकरणः सर्वोच्चद्वारा अख्तियारसँग लिखित जवाफ माग
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ ।
१५ दिनभित्र कारण सहित लिखित जवाफ पेश गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले अख्तियारलाई भनेको छ । साथै मुद्दाको गाम्भीर्यता हेर्दा छिटो निर्णय गर्नु पर्ने भएकाले रिटलाई अग्राधिकार दिन पनि भनेको छ ।
बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको रिटमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गरीएको छ ।










