५० लाख बराबरको अवैध कपडासहित एक जना पक्राउ

हेटौडा न्युज
२ फाल्गुन २०७६, शुक्रबार २०:५७
;

झापा र इलामको सीमा क्षेत्रबाट ५० लाख रुपैयाँ बराबरको अवैध कपडासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  बिहीबार बिहान मेचिनगर–१२, धाइजनबाट मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानबाट प्रहरीले सामान बरामद गरेको हो भने सवारी चालक २७ वर्षीय विकाशचन्द्र राजवंशीलाई पक्राउ परेका हुन् । 

अवैध रुपमा भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा सामान बरामद गरिएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जनाएको छ । यो व्यवसायी सञ्जीव घोषको नाममा दर्ता कम्पनी जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । 

बरामद सामानमा नेट साडी, सुती साडी, ढाँका कपडा लगायत छन् । पक्राउ परेका चालक र गाडीलाई आवश्यक कारबाहीका लागि प्रहरीले क्षेत्रीय राजश्व कार्यालय, इटहरी बुझाईएको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*