ड्युटीमा तैनाथ प्रहरीका असईको जिपको ठक्करबाट मृत्यु

हेटौडा न्युज
२ फाल्गुन २०७६, शुक्रबार २२:०४
;

बोलोरो जिपको ठक्करबाट ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ गइरहेको बा १९ च १३२३ नम्बरको बोलेरो जिपको ठक्करबाट प्रहरी चौकी साँगामा कार्यरत प्रहरीका असई तेजबहादुर गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविकुमार पौडेलका अनुसार सशस्त्र प्रहरी गुल्म काभ्रेमा दरबन्दी भइ साँगा प्रहरी चौकीमा कार्यरत असई गुरुङलाई बोलेरो जिपले कार्यालय अगाडि नै ठक्कर दिएको हो । 

असई गुरुङ नवलपरासीको त्रिवेणी–८ का स्थायी बासिन्दा हुन् ।

एसपी पौडेलका अनुसार ठक्कर दिने बोलोरो जिपका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*