१७ वर्षीया कविताको घाँटी रेटेर विभत्स हत्या, तीन दिन भइसक्दा पनि केही पत्ता लागेन

हेटौडा न्युज
४ फाल्गुन २०७६, आईतवार १६:५४
;

सल्यानको त्रिवेणी गाउँपालिका- १ तल्लो काभ्राकी एक किशोरीको घाँटी रेटेर हत्या भएको तीन दिन भइसक्दा पनि प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । करिब १७ वर्षीया कविता बोहराको गत शुक्रबार घर नजिकै हत्या भएको थियो ।

सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले कविताको घाँटीको श्वासनली काटेर हत्या गरेको अवस्थामा शव फेला परेको जानकारी दिए । शव घरभन्दा करिब १०/१५ मिटर टाढा गाईवस्तु सार्ने ठाउँमा फेला परेको थियो ।

डिएसपी खतिवडाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । तर प्रहरीले आइतबार बिहानसम्म कसैलाई नियन्त्रणमा लिएको छैन । डिएसपी खतिवडाले भने, ‘अनुसन्धान जारी छ, ३(४ दिनमै रिजल्ट आउँछ ।’

गत शुक्रबार राति ९ बजेसम्म कविता आफ्नै घरमा थिइन् । घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको र त्यही समयमा घाँटी रेटेर हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । स्रोतः अनलाईन खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*