खैरो हिरोइनसहित प्रहरीले दुई जना पक्राउ

हेटौडा न्युज
४ फाल्गुन २०७६, आईतवार १७:४०
;

लागूऔषध खैरो हिरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कैलालीको  टीकापुर नगरपालिका-९ स्थित खक्रौला सडकखण्डमा भारतबाट ल्याउँदै गरेको ३० ग्राम ९०० मिलीग्राम खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको विशेष टोलीले लम्कीचुहा नगरपालिका १ भुरुवाका २४ वर्षीय चन्दबहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*