नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ
नेत्रविक्रम चन्द विप्लव समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट भुवनसिंह तामाङलाई गरेको हो ।
शुक्रबार सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीय बासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र ब्यवहार गरेपछि पक्राउ गरिएका तामाङ चन्द समूहका जिल्ला सेक्रेटरी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलका अनुसार मेलम्ची नगरपालिका–९ का तामाङलाई अभद्र ब्यवहारअन्तर्गत कारवाही हुने जनाएको छ ।