व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्रीले गाडिन साइनबोर्ड 

हेटौडा न्युज
४ फाल्गुन २०७६, आईतवार २२:३१
;

व्यक्तिले हडपेको सरकारी जग्गामा साईनबोर्ड गाडिएको छ । आइतबार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड गाडेकी हुन् ।

अतिक्रमित सरकारी जग्गा सरकारले आफ्नो मातहत ल्याउने ल्याएको छ ।  काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ स्थित सहयोगी नगरमा रहेको १७ रोपनी जग्गा सरकारले आफ्नो माताहत ल्याएको हो ।

बोर्ड राख्ने क्रममा केही स्थानीयले विरोध समेत गरेका थिए । स्थानीय बसन्तबहादुर खड्काले उक्त जग्गा आफ्नो नाममा भएको भन्दै लालपूर्जाको प्रतिलिपि समेत मन्त्री अर्याललाई देखाए । मन्त्री अर्यालले पनि नेपाल सरकारको नाममा भएको प्रमाणको फाइल देखाएर सरकारी जग्गा कसैले आफ्नो भनेर नहुने बताइन् ।

मन्त्री अर्यालले काठमाडौंको वडा नम्बर १० र २६ मा समेत त्यस्तो जग्गा रहेको जानकारी दिइन् । उनले आइतबार नै त्यस ठाउँमा समेत सरकारी जग्गा हो भनेर बोर्ड राखिने बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*