नायक राजेश हमालले बोल्ने ‘हे…..’ भित्रको रहस्य के हो ?

हेटौडा न्युज
५ फाल्गुन २०७६, सोमबार २१:३६
;

नायक राजेश हमालले ३ सय बढी चलचित्रमा काम गरे । यी चलचित्रमा उनले थुप्रै संवाद बोले । तर, राजेश हमाललाई ‘हे‘’ भन्ने एउटा शब्दले धेरैमाझ लोकप्रिय बनाइदियो । हमालका थुप्रै चलचित्रमा यो संवाद छ । अहिले पनि यही शब्दलाई लिएर हमालको ट्रोल हुन्छ । तर, राजेश यो शब्द भित्र गहिरो अर्थ लुकेको बताउँछन् ।

ठट्यौली पारामा यो शब्दबारे राजेशले भने–‘बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घर छेउमै पहिरो छ ।’ राजेश चानुचुने हिसाबमा आफूले ‘हे‘’ नभनेको बताउँछन् । उनले थपे–‘मैले पहिलादेखि नै मनमा महशुस गरेर, आम–दर्शकको मन बुझेर मात्रै ‘हे’ भन्ने शब्द बोल्न थालेको हुँ । यत्तिकै बोलेको होइन । ’

राजेशले यस शब्दको अर्थ पनि प्रष्ट पारेका छन् । उनले भने–‘यो ‘हे‘’ भन्ने शब्द भित्र गहिरो अर्थ छ । कही–कतै अन्याय, अत्याचार, थिचोमिचो भइरहेको छ त्यसलाई तुरुन्तै अन्त्य गर भन्नलाई यो शब्द बोलिएको हुन्छ । यसको अर्थ भनेको नै न्याय हो ।’ स्रोत अनलाईन खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*