ट्रकको ठक्करबाट एक जनाको मृत्यु
६ फाल्गुन २०७६, मंगलवार १८:३५

ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१५ फूलबारीमा ३५ वर्षीय रामप्रसाद दुवाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा१क ६२५५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको ना५७प १९ नंको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।











