राष्ट्रिय सभाको दुई विधेयक विधायन व्यवस्थापन समितिमा 

हेटौडा न्युज
६ फाल्गुन २०७६, मंगलवार २१:००
;

‘भ्रष्टाचार निवारण विधेयक, २०७६’ र ‘योगमायाँ आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई  राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

संशोधन सहितको ‘भ्रष्टाचार निवारण विधेयक, २०७६’ र ‘योगमायाँ आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’  दफावार छलफलका लागि बैठकले विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

मंगलबार बसेको बैठकल प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नव नियुक्त कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तम्बाहाङ्फेले भ्रष्टाचार निवारण सम्बन्धी विधेयक र अर्थमन्त्री डा. युवराज खतिवडाले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘पारमाणविक विधेयक, २०७५’ लाई टेबल गरेका  थिए । 

बैठकको शुरुमा भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मन्त्रिपरिषद् पुनः गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । 

बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०७५/७६ लाई सभासमक्ष पेश भएको छ । प्रधानमन्त्री ओलीका तर्फबाट कानूनमन्त्री तुम्बाहाङ्फेले उक्त प्रतिवेदन पेश गरेका थिए । 

राष्ट्रियसभाको अर्को बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*