‘मोस्ट वान्टेड’ सूचीमा रहेका सिंहलाई दुईवटा गोली लागेर ढलेपछी पक्राउ
वर्षौँदेखि मोस्टवान्टेड सूचीमा रहेका अभय सिंहलाई प्रहरीले पक्राउ गरेको छ । तराई जन्तान्त्रिक मुक्ति मोर्चाका नारायणी अञ्चल ईन्चार्ज अभय सिंहलाई प्रहरीले गोली प्रहार गरी चन्द्रपुर–४ बाट पक्राउ गरेको हो ।
काठमाडौँ, सर्लाही र रौतहटमा शरीर बन्धक, चन्दा फिरौती ज्यान मार्ने उद्योगजस्ता दर्जनाँ मुद्दा दर्ता भइ फरार रहेका अभय सिंह भन्ने कामेश्वर पटेललाई मङ्गलबार पक्राउ गरेको हो ।
नम्बर नखुलेको मोटरसाइकलमा चन्द्रपुर जंगलसैया सडकखण्डमा पुगेका सिंहले त्यहाँबाट मोटरसाइकल छाडेर पैदल भाग्ने प्रयास गरेका थिए । त्यही क्रममा उनलाई खोज्दै पुगेको प्रहरी टोलीमाथि फायरिङ सुुरु गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी रविराज खडकाको अनुसार जवाफी कारवाहीमा प्रहरीले फायर खोल्दा अभय सिंहको देब्रे खुटामा २ गोली लागेर ढलेपछी संयुक्तटोलीले नियन्त्रणमा हो ।
घाइते सिंहको साथबाट एकथान नलकटुवा पेस्तोल र सोमा लाग्ने गोली ५ थान बरामद भएको एसपी खडकाले जनाएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका सिंहको हाल चन्द्रपुर अस्पतालमा उपचार भइरहेको एसपी प्रहरीले जनाएको छ ।