कांग्रेसको मागः सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर 

हेटौडा न्युज
८ फाल्गुन २०७६, बिहीबार १७:५६
;

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको छ ।

सेक्युरिटी प्रेस कमिसन प्रकरणमा अडिओ टेप सार्वजनिक भएकोले मन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसले माग गरेको हो। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति निकालेर मन्त्री बाँस्कोटालाई बर्खास्त गरी निष्पक्ष अनुसन्धान गर्न सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञप्ती मार्फत आग्रह गरेका छन्। 

‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा‘ मार्फत् सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ,’ प्रवक्ता शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ।

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यस अघि नै सार्वजनिक भए पनि स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको पनि कांग्रेसले उल्लेख गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*