आफुमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छुः मन्त्री बाँस्कोटा

हेटौडा न्युज
८ फाल्गुन २०७६, बिहीबार १८:१४
;

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि आफूले कुनै गल्ती नगरेको बताएका छन् । मन्त्री बाँस्कोटाले आफुमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार भएको बताएका छन् । उनले यसलाई राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको प्रतिक्रिया दिए ।

एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि उनले यस्तो जीकिर गरेका हुन् । बिहीबार नेकपा बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले काठमाडौं फर्किएपछि सार्वजनिक भएको अडियोबारे प्रतिकृया दिने बताएका हुन् ।

बाँस्कोटाले अडिओ रेकर्डमा बोल्ने एकजना मानिस आफू भएको घुमाउरो पारामा स्वीकार गरेका छन् । 
त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन्। नभए के हुन्छ देखिहाल्नु भयो उनले भने  त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला।  ‘जसले गल्ती गर्छ, त्यही जान्छ मन्त्री बाँस्कोटाले भने, ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन । मैले गल्ती गरेको भए म जाँउला ।’

मन्त्री आजै बेलौरीमा टेलिकमको उद्घाटन र पुनर्वासमा कार्यकर्ता भेटघाट गरेर काठमाडौं फर्किने कार्यक्रम छ । उनी बुधबार महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न यहाँ आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*