पूर्वसभासद पहरीको ल्यापटप चोरेको आरोपमा हेटौंडाका बानियाँ पक्राउ

हेटौडा न्युज
८ फाल्गुन २०७६, बिहीबार २१:०६
;

पूर्वसभासदको ल्यापटप चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पुर्वसभासद शेरबहादुर पहरीको ल्यापटप चोरेको आरोपमा हेटौंडा–१० चाईनाक्वाटरका ४४ बर्षीय हेमजंग बानियाँलाई पक्राउ गरेको हो । 

बानियाँले हेटौंडा–४ मेनरोडमा रहेको रोयल पार्टी प्यालेसबाट पहरीको ल्यापटप चोरी गरी फरार भएको प्रहरीले जनाएको छ । हेटौंडा–५ चिल्ड्रेनपार्कमा पसल गर्ने  बानियाँलाई वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको टोलीले सामानसहित पक्राउ गरेको जनाएको छ । 

त्यस्तै, वडाको टोलीले हेटौंडाको भैरवरोडमा रहेको मारुति स्टिलको पसलबाट कम्प्युटर र नगद चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–४ कमलडाँडाका अंकित लामालाई पक्राउ गरेको हो । बुधबार पक्राउ परेका दुबैमाथि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक भण्डारीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*