भ्रष्टाचारको भिडियो सार्वजनिक गर्ने माथि छानबिन गर्न लेखा समितिको निर्देशन

हेटौडा न्युज
८ फाल्गुन २०७६, बिहीबार २१:५१
;

सेक्युरिटी प्रेस खरिद सम्बन्धमा जोडी केही सदस्यहरु बिरुद्ध भ्रष्टाचारको भिडियो सार्वजनिक गर्नेहरु माथि छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले प्रहरीको साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको छ ।

संघीय संसदको लेखा समितिले सांसदहरूको विरुद्धमा जथाभावी लेख्नेलाई कारबाही गर्न साइबर क्राइम ब्युरोलाई पत्राचार गरेको हो ।

सदस्यहरुको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै लेखा समितिले साइबर क्राइममा कारबाही गर्न ब्युरोलाई निर्देशन दिएको हो ।

""

लेखा समितिको बेठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बार्गेनिङ्गको भिडियो फेसबुकमा पोस्ट गर्ने विजय प्रकाश शर्मा, प्रभात कुमार उपाध्याय लगायतले सामाजिक सञ्‍जालमा जथाभावी फेलाएको भन्दै नामै तोकेर कारबाही गर्न साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको हो ।

'समितिमा छलफलका क्रममा रहेको विषय सुरक्षण मुद्रण स्थापना सम्बन्धी विचाराधीन विषयसँग जोडी तपशिलका व्यक्तिले माननीय सदस्यहरुकाे अनलाइन मिडिया तथा सामाजीक सञ्‍जालमा राखी भ्रामत्मक समाचार फैलाएको तथा माननीय ज्युहरुको चरित्रहत्या गर्ने प्रयास गरेकाले निजहरुलाई साइबर क्राइम गरेको सम्बन्धमा कानुनबमोजिम कारबाही गरी सो को प्रतिवेदन यथाशक्य यस समितीमा पेश गर्नुहुन निर्देशन अनुसार अनुरोध छ,' समितिद्वारा गरिएको पत्राचारमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*