दुई लाख रुपैयाँ घुससहित नगरपालिकाका प्राविधिक पक्राउ
दुई लाख रुपैयाँ घुससहित भेरीगंगा नगरपालिकाका खानेपानीका प्राविधिक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले भेरीगंगा नगरपालिकाका खानेपानी तथा सरसफाई प्राविधिक चित्रबहादुर केसीलाई घुससहित पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भेरीगंगा नगरपालिका–११ स्थित तल्लो बराह क्षेत्रमा निर्माण भएको झोलुङ्गे पुलको भुक्तानीका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम घुसलिइसकेको अवस्थामा उनी पक्राउ परेको हुन् ।
केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको कोइरालाले जनाएको छ ।