एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको औचित्य छैनः अध्यक्ष थापा

हेटौडा न्युज
१० फाल्गुन २०७६, शनिबार २०:५४
;

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको औचित्य नरहेको बताएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । एमसिसीबारे पत्रकारको जिज्ञासामा उनले सबै राजनीतिक दलको सहमतिमा तयार पारिएको सम्झौता भएको भन्दै यसलाई पारित गरी कार्यान्वयनमा ल्याउनु सबैको जिम्मेवारी रहेको बताएका छन् । 

अध्यक्ष थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । उनले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताएका छन् । 

अध्यक्ष थापाले भने, “लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो ।” देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न जनता जाग्ने बेला आएको बताएका छन् ।  

आफ्नो पार्टीको एजेन्डा हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष थापाले अब सङ्गठन विस्तारको अभियानमा अघि बढ्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*