दुर्घटना हुँदा चार जना असई सहित ६ जना घाइते

प्रहरी भ्यान दुर्घटना हुँदा चार जना असई सहित ६ जना घाइते भएका छन् । रौतहटमा मानसिक सन्तुलन गुमाएकी महिला सडकमा निस्किए पछि जोगाउन खोज्दा प्रहरी भ्यान दुर्घटनामा परेको थियो । प्रहरीको ना १ झ १३३१ नम्बरको भ्यान बिपरीत दिशाबाट आइरहेको ना ६ ख ८६२५ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।
दुर्घटनामा परी असई मनोज सिंह र गोविन्द यादव गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
असईरु हृदयनारायण यादव र विश्वनाथप्रसाद यादव सामान्य घाइते भएका छन् । दुर्घटनामा भ्यान चालक सरोजकुमार यादव पनि घाइते भएका छन् ।