प्रधानमन्त्री ओलीले यसरी मनाए ६९ औं ‘बथ्रडे’

हेटौडा न्युज
११ फाल्गुन २०७६, आईतवार १९:३२
;

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा ६९ औं जन्मदिवस मनाएका छन् ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, पुर्व सभामुख तथा नेकपा संसदीय दलका उपनेता सुम्वास नेम्बाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायतले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।  उनका शुभेच्छुकहरुले निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । 

उनीहरु केक, मिठाई, फूलका माला र खादा बोकेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । प्रधानमन्त्री ओलीले बुवा मोहनप्रसाद र पत्नी राधिकालाई दायाँ–बायाँ राखेर केक काट्दै सबैलाई ग्रहण गराएका हुन् । 

बालुवाटारको कार्यक्रमपछि प्रधानमन्त्री ओली जन्मथलो तेह्रथुमको आठराई प्रस्थान गरेका छन्  । उहाँले आठराईमा जेष्ठ नागरिकलाई न्यानो कपडा र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउने स्रोतले जनाएको छ ।

""

""

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*