प्रधानमन्त्री भनेः–सरकार अलोकप्रिय बनाउन विपक्षी कुखुराका चल्लाझैं पछिपछि कुदेका छन् !

हेटौडा न्युज
१२ फाल्गुन २०७६, सोमबार २०:२६
;

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले विपक्षीलाई कुखुराको चल्लासँग तुलना पनि गरेका छन्। पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै ओलीले  विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको पनि आरोप लगाउँदै यस्तो बताएका हुन् ।  

उनले भने, ‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ। त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘संसदमा विधेयकहरू पेश प्रस्तुत गर्छौं, त्यहाँ छलफल गरे हुन्छ नि। संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छर्ने, सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेल्ने भइरहेको छ।’

‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘नन् इस्युलाई इस्यु बनाउनेरु किन यस्तो भइरहेको छरु एउटा अस्तित्व रक्षा गर्नका लागि गरिरहेका छन् अर्को केही न केही त गर्नुपर्‍यो नि, त्यसैले।’

संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओली बताएका छन् । पछिल्लो समय सरकारले पेश गरेका मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकार सम्बन्धी विधेयकहरू प्रतिपक्षी दलले विरोध गरिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*