नेकपाको सरकार भ्रष्टाचारमा लिप्त छः नेता पौडेल

हेटौडा न्युज
१८ फाल्गुन २०७६, आईतवार २०:५०
;

नेकपाको सरकार भ्रष्टाचारको दलदलमा फसेको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् । अहिले नेपालमा सरकार चलाइरहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रधानमन्त्री केपी ओली भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका हुन् ।

नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडामा गरेको एक पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता पौडेलले सरकारले अहिले सोचे अनुसार काम गर्न नसक्नुको मुख्य कारण नै भ्रष्टचारमा रहेको बताएका हुन् ।

पौडेलका अनुसार सरकार नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिसनको खेलमा लागेका निवर्तमान संचार मन्त्री गोकुल बास्कोटालाई बचाउन लागिपरेको भन्दै कारबाही नगरिनु निक्कै लज्जास्पद रहेको बताएका छन् ।

उनले नेपाली कांग्रेसको आउँदो महाधिवेशनलाई प्रभावित पार्ने गरि सभापति देउवाले निर्वा्चित भएको चार वर्षपछि मात्र विभाव गठन गरेको त्यो पनि विधान भन्दा धेरै संख्यामा गरेको भन्दै आपत्ती ब्यक्त गरे ।

सभापतिले महाधिवेशन सकिएको कम्तिमा ६ महिनाभित्र गर्नुपर्ने काम अहिले आएर गरेको भन्दै उनले पद बाँड्ने , पैसा बाँड्ने कामले कांग्रेसलाई घाटा पुग्ने धारणा ब्यक्त गरे ।

नेपाली कांग्रेस अहिले बलियो प्रतिपक्ष भएर संसदमा प्रस्तुत हुनुपर्नेमा आफै अलमलिएको भन्दै उनले सभापतिको व्यवहारले पार्टीलाई अप्ठ्यारो परेको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालो पार्टी नेतृत्वको रबैया ठिक नभएको कारण कांग्रेस अप्ठेरो अवस्थामा आएको बताए ।

उनले पार्टीलाई बलियो बनाउनको लागि आफुहरु देश दौडाहमा लागेको समेत भनाई व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*