गाँजाखेती सम्बन्धी विधेयक संसदमा दर्ता 

हेटौडा न्युज
१९ फाल्गुन २०७६, सोमबार २०:०५
;

पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापनका लागि कानूनी व्यवस्था माग गर्दै प्राइभेट बिल (गैरसरकारी विधेयक) संसद सचिवालयमा दर्ता गराएका छन् । 

‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’मा गाँजामा औषधीय गुण हुने भएकाले यसमा प्रतिबन्ध लगाउन नहुने उल्लेख छ ।

२०६२/६३ को आन्दोलनबाट संसद पुनर्स्थापना भएयता पहिलो पटक प्राइभेट बिल दर्ता भएको हो ।

कानुन मन्त्रालयको अनुमतिमा उनले विधेयक दर्ता गराएका हुन् । किसानले आफ्नै लालपुर्जा भएको जग्गामा गाँजा लगाउन पाउनुपर्ने र त्यसको खरिद तथा व्यवस्थापन सरकारको तर्फबाट गरिनुपर्ने विधेयकमा प्रस्ताव गरिएको छ ।

गाँजा खेतीमा लगाइएको प्रतिवन्ध फुकुवा भएमा यो आर्थिक समृद्धिको आधार हुने सांसद तामाङले बताए ।

उनले गाँजाको डाँठको फर्निचर, वोर्ड तथा ईट्टासमेतको लागि उपयोगि हुनसक्ने गुण रहेकाले यसको प्रयोग गर्नुपर्ने मत विधेयकको उद्देश्यमा प्रकट गरेका छन् ।

गाँजा निर्यात गरी आयआर्जन बढाउन सकिने उनको भनाइ छ । उनले गाँजाको प्रतिवन्ध फुकुवा भएमा ८० प्रतिशत युवा विदेशबाट स्वदेश फर्किने दाबीसमेत गरे ।
 
यस अघि गाँजा खेतिलाई बैधानिकताको माग सहित मकवानपुरका सांसद बिरोध खतिवडाले आभियान सुरु गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*