हेटौंडाको रिलायन्समा ट्राफिक सचेतना कार्यक्रम
हेटौँडा– ५ मा रहेको रिलायन्स इंग्लिस सेकेन्डरी बोर्डीङ स्कुलमा विद्यार्थीहरुका लागी ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरको आयोजना तथा रिलायन्स स्कुलको व्यवस्थापनमा सोमबार कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरका प्रमुख प्रहरी निरिक्षक हरि विष्णु ढकालले सहजीकरण गर्दै ट्राफिक नियममा भएको परिवर्तनको बारेमा जानकारी गराएका हुन् ।
पैदल यात्रुले विगतमा प्रयोग गर्ने देब्रेपट्टिको पेटी परिवर्तन गरेर नयाँ नियम अनुसार पैदल यात्रुले आफु हिडे्ने दिशाको दाहिने पेटी प्रयोग गर्नुेपर्ने बताउदैँ सवारी चालकले ओभरटेक गर्ने समयमा दाहीन तर्फको बत्ति बालेर ओभरटेक गर्ने र साइड दिने सबारीको चालकले देब्रेपट्टिको बत्ति बालेर साइड दिएको संकेत गनुपर्ने जानकारी गराएका छन् ।
कार्यक्रममा प्रहरी निरिक्षक ढकालले दैनिकजसो हुने सडक दुर्घटना न्युनिकरणका लागी विद्यालय स्तरमा गरिएका कार्यक्रम प्रभावकारी हुने पनि बताए ।
विद्यालयका कक्षा ८ र ९ का विद्यार्थी सहभागी रहेको कार्यक्रममा सडक दुर्घटनाका मुख्य कारण, समस्या र समाधानका विषयमा जनकारी गराइएको थियो । कार्यत्रममा प्रहरी निरिक्षक ढकाल सहित प्रहरी साहायक निरिक्षक विश्वराम रञ्जितकारको समेत उपस्थिति रहेको थियो ।