कोरोना भाईरसको कारण प्रदेश ५ सरकारद्वारा लगानी सम्मेलन र सबै मेला–महोत्सव स्थगन

हेटौडा न्युज
१९ फाल्गुन २०७६, सोमबार २२:१४
;

प्रदेश नम्बर ५ सरकारले लगानी सम्मेलन तथा विभिन्न जिल्लामा हुन लागेका मेला–महोत्सवहरू स्थगित गर्ने निर्णय गरेको छ । 

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीका अनुसार कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेश सरकारले आगामी बैशाख ४ र ५ गते लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । 

मन्त्रिपरिषद्को निर्णयपछि प्रदेशका १२ वटै जिल्लामा आयोजित मेला तथा महोत्सवहरू पनि स्थगित हुने भएका छन्  । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*