हेटौंडामा तरुणको राँके जुलुस, सरकार विरोधी नारा

हेटौडा न्युज
२१ फाल्गुन २०७६, बुधबार ०२:१२
;

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल मकवानपुरले हेटौंडामा सरकारको विरोधमा आज साँझ राँके जुलुस निकालेको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धिको विरोधमा मंगलबार साँझ राँके जुलुस निकाल्दै सरकार विरोधी नारा लगाएको छ । 

नेपाली कांग्रेस पार्टीको जिल्ला  कार्यालयबाट शुरु भएको राँके जुलुस सीमाचोकमा पुगेर सकिएको थियो । नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री प्रभात दाहालको नेतृत्वमा निकालिएको राँके जुलुसमा मूल्य बृद्धि फिर्ता हुर्ने, महंगी नियन्त्रण हुनुपर्ने, भ्रष्ट्राचारीलाई कारवाही गर्नुपर्ने लगायतका नारा लगाईएको थियो । 

सहभागीहरुले वर्तमान सरकारले मूल्यवृद्धि गरेको, भ्रष्ट्राचार गर्नेलाई जोगाएको लगायतको आरोप लागाएका थिए । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*