हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा सुनको मुल्य, तोलाको २२ सय रुपैयाँले महंगियो 

हेटौडा न्युज
२१ फाल्गुन २०७६, बुधबार १७:५४
;

नेपाली बजारमा सुनको मूल्य आकासिदैं गएको छ । सुनको मुल्य हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । बुधबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८० हजार पाँच सय र तेजाबी सुनको मूल्य ८० हजार तीन सय रुपैयाँ तोकेको छ । कोरोनाको असर विश्व अर्थचन्त्रमा पर्न थाले पछि सुनको भाउ बढेर किर्तिमानी मूल्य कायम भएको सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

मूल्य आकासिए पछि बजारमा ग्राहक चहल पहल सून्य भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*