मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम पुनः शुरु 

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार १९:४१
;

हेटौंडा अस्पतालमा आजबाट मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमको पुनः शुरुवात गरीएको छ । सामाजिक विकास मन्त्री युवराज दुलालले आज कार्यक्रमको औपचारीक शुभारम्भ गरेका हुन् । 

 मुख्यमन्त्री जनता स्वाथ्य परीक्षण कार्यक्रम अन्तर्गत १ हजार ६ सय ५० रुपैयामा  पुरै शरिर जांच गर्ने सुविधा सहित कार्यक्रम आज  हेटौडा अस्पतालबाट पुनः शुरु भएको हो ।  

कार्यक्रमको प्रभावकारीताका आधारमा प्रदेशका १३ वटै जिल्लाका सरकारको स्वामित्वका सवै अस्पतालमा लागु गर्ने योजना रहेको छ भने अहिलेका लागि प्रदेश भित्रका सरकारको स्वामित्वको १५ वटा अस्पतालमा लागु भएको छ । 

बाग्मती प्रदेश सरकारले स्वाथ्य उपचारवाट कुनै जनतापनि वन्चित हुन नहुने भन्दै यो कार्यक्रम लागु गरेको हो ।  यस कार्यक्रम संचालन भएका अस्पतालमा विभिन्न पांच प्रकारको स्वाथ्य परिक्षण निशुल्क गरिने छ । 

हेटौडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलका अनुसार सशुल्क पाउने उपचारमा पनि छुट पाउने बताएका छन् ।  कार्यक्रम अन्र्तगत १ हजार ६ सयमा ५० रुपैयामा होलवडी चेकअप सुविधा सहित कुनै रोगको संक्रमणदेखा परेमा निशुल्क उपचारको  व्यवस्था मिलाइएको बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*