राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण हुदै, तिन जना अध्यक्ष रहने

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार २३:२२
;

राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकीकरण हुने भएको छ । शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गर्दै  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्त बिच पार्टी एकता औपचारिक जानकारी दिइएको हो । 

एकता पछि पार्टीको नाम राप्रपा नै रहने सहमति भएको छ भने तीन जना अध्यक्ष रहने छन् । सहमति अनुसार कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने भएका छन् ।

प्रतिशतका आधारमा पार्टीको हरेक तहमा भागबण्डा गर्ने सहमति गरीएको छ । जसमा कमल थापा नेतृत्वको राप्रपाले ५५ र राप्रपा संयुक्तले ४५ प्रतिशत लिने गरी शीर्षनेताहरुबीच सहमति भएको बताइएको छ ।

पार्टीको चुनाव चिन्ह हलो या गाई राख्ने भन्ने विषय भने सहमति नभएको यसलाई पछि टुंग्याउने गरी पार्टी एकता गर्न लागिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*