प्रदेश सभामा २५ वटा विधेयक दर्ता, ४८ विधेयक सभाबाट पारित
प्रदेशसभा स्थापनाको दुई वर्ष भन्दा बढि समयमा प्रदेश सभामा ५२ वटा विधेयक दर्ता भएका छन् । बागमती प्रदेशसभामा प्रदेश सभा स्थापना भए देखि अहिले सम्म ५२ वटा विधेयक दर्ता भएका हुन् ।
प्रदेश सरकार सञ्चालनका लागि दर्ता भएका आवश्यक विधेयकहरु मध्ये ४८ वटा विधेयक प्रदेश सभाबाट पारित समेत भइ सकेका छन् ।
बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार प्रदेश सभाले संघीय सरकार र संविधानसंग बाझिने खालका विधेयकहरु नआएको बताएका छन् । प्रदेश सभाले अहिले प्रदेश सरकार संचनालनका लागि सरकारले ल्याएका आवश्यक कानून निर्माणमा तिव्रता दिइएको बताए ।
उनले भने हामीले अहिले सम्म कुनै पनि कानुन निर्माणमा ढिलासुस्ती गरेका छैनौ । हामीले कुनै पनि कानुन संसद र समितिमा लामो समय सम्म नराखिएको बताएका छन् ।
संसदमा विधेयक दर्ता हुने वित्तिकै त्यसको काम कार्बाही अघि बढाउने गरेको उनले बताए । अब प्रदेश सभा फागुनको अन्तमा बोलाउने तयारी रहेको उनले बताए ।