१२ वर्षीय दाईको कुटाईबाट एक वर्षीय भाईको मृत्यु 

हेटौडा न्युज
२५ फाल्गुन २०७६, आईतवार १९:१३
;

कैलालीमा दाईको कुटाईबाट एक वर्षीय भाईको मृत्यु भएको छ । चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आमा जंगलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको थियो । 

कुटपिटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रनाउ बस्नेतले जनाएको छ  । भाइको हत्या गर्ने ती बालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*