कोरोनाको त्रासः सलमान, प्रियंका र अमिताभले गरे नमस्कार गर्न आग्रह

विश्वभरी फैलिएको कोरोनाको सङक्रमणको कारण हालसम्म झण्डै ४ हजार भन्दा बढीको मृत्यु भएको छ । कोरोनाकै कारण अहिले विश्वका सबै मानिस निकै त्रसित भएका छन् । सामाजिक सञ्जालभरी कोरोनाकै समाचारहरु आउन थालेका छन् ।
भारतमा पनि कोरोनाका कारण दुईजनाको मृत्यु भएपछि बलिउका अभिनेता तथा अभिनेत्रीले कोरोनाबाट जोगिन नमस्कार गर्नुपर्ने बताएका छन् ।
अभिनेत्री प्रियंका चोपडाले पनि कोरोनाको संक्रमणबाट बच्न हात मलाउन बन्द गर्नुपर्ने र नमस्कार गर्नुपर्ने बताएकी छिन् । त्यस्तै अभिनेता सलमान खानले पनि नमस्कार गर्न सबैमा आग्रह गरेका छन् ।
त्यस्तै अनुपम खेरले पनि नमस्कार गर्न सबैलाई आग्रह गरेका छन् । त्यस्तै बलिउड महानायक अमिताभ बच्चनले पनि सामाजिक सञ्जालमा कोरोनाका कारण निकै त्रसित बनेको बताएका छन् ।