जब पूर्वयुवराज पारसले भने– सोनिकाले मसँग एक रुपैयाँ पनि लिएको छैन  !

हेटौडा न्युज
३ चैत्र २०७६, सोमबार १८:२३
;

समाजिक सञ्जालमा पूर्वयुवराज पारस शाह र युट्युबर सोनिका रोकायका बारेमा विभिन्न टिकाटिप्पणी आइरहने गरेको छ ।

पूर्वयुवराज शाह पछिल्लो समय सोनिकासँग नजिकिएका तस्बिरहरु सामाजिक सञ्जालमा आईरहेका थिए ।  यससँगै पूर्वयुवराज शाहसँग सोनिकाले पैसा लिएको कुरा चर्चामा आउनथालेपछि पूर्वयुवराज शाहले अस्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत फेसबुकमा स्टाटस लेखेका पूर्वयुवराज शाहले सोनिकाले एक रुपैयाँ पनि आफूसँग नलिएको स्पष्ट पारेका हुन् ।

सोनिका राम्री युवती रहेकी भन्दै उनले पैसा लिएकोभन्दै गसिप नबाउन आग्रह समेत गरेका छन् । सोनिकाको निमन्त्रणमा उनको कार्यक्रममा आफू जाने गरेको पारसको भनाइ छ ।

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*