बिना सुरक्षाकर्मी छड्के अनुगमनमा मन्त्री भट्ट 

हेटौडा न्युज
५ चैत्र २०७६, बुधबार १९:०७
;

नै निजी गाडीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजारको छड्के अनुगमन गरेका छन् । मन्त्री भट्ट बुधबार बिहान सुरक्षकर्मी नलिई निजी गाडीमा छड्के अनुगमनमा निस्किएका हुन् । 

ग्यास, डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको अभाव भएको गुनासोपछि मन्त्री भट्ट बुधबार सुरक्षा गार्ड र झण्डावाल गाडी बिना नै बजारको छड्के अनुगमनमा निस्किएका हुन् । स्वकीय सचिवले चलाएको से १ त ८४३ नम्बरको प्राइभेट कारमा ललितपुर र काठमाण्डौका झण्डै दुई दर्जन पेट्रोल पम्प, ग्यास डिलर र बिक्रेता कहाँ पुगेका हुन् ।

मन्त्री भट्टले एकान्तकुना, महालक्ष्मीस्थान, कलंकी, नागढुंगा, कालीमाटी हुँदै त्रिपुरेश्वरको बजारको अनुगमन गरेका छन् । कलंकीको एउटा ग्यास उद्योग, जाउलाखेल त्रिपुरेश्वरसम्म करिब २० भन्दा बढी पट्रोल पम्प तथा कालीमाटी तरकारी बजारमा अनुगमन गरेका छन् ।

पुल्चोक, जावलाखेल, कुमारीपाटी, महालक्ष्मीस्थान, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, टेकु, त्रिपुरेश्वर लगायतको ठाउँमा झण्डै दुई दर्जन पेट्रोल पम्पमा अनुगमन गर्दा सबै ठाउँमा सामान्य हिसाबले पेट्रोल डिजलको आयात भइरहेको पाइएको थियो ।

नाकाबन्दीमा जस्तै बजारमा अभाव हुने डरले उपभोक्ताले बोत्तल र ग्यालेनमा पेट्रोलरडिजल लैजाने गरेको तथा अतिरिक्त सिलिण्डर ग्यास भण्डारण गरेकाले केही समस्या देखिएको मन्त्री भट्टले जनाएका छन् ।

अनुगमनका क्रममा अधिकांश पेट्रोल पम्पहरुले प्लास्टिकको जर्किन तथा ठूला ड्रममा समेत तेल भरेको भेटिएको छ । व्यवसायीहरुले पनि उपभोक्ताले भण्डारण गर्न खोज्दा बजारमा इन्धनको अभाव देखिएको बताएका छन् ।

सरकारी कार्यालयको प्रयोजनका लागि भन्दै इन्धन भण्डारण गर्न किन्न आएको पनि भेटिएपछि मन्त्री भट्टले त्यसरी तेल किन्न आउनेहरुको विवरण लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको अनुगमन टोलीमा रहेका एक सदस्यले बताएजनाइएको छ । 
यस्तै कालीमाटी तरकारी बजारको अवस्था भने सामान्य पाइएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*