इरानबाट बाले ल्याएको कोरोना भाइरस सैनिकलाई पनि सर्‍यो

हेटौडा न्युज
५ चैत्र २०७६, बुधबार २१:०२
;

स्नो वारियर भनेर चिनिने भारतीय सेनाको लद्दाख स्काउटमा कार्यरत एक सैनिक गत फेब्रुअरी अन्तिम सातातिर विदा बसेका थिए। त्यही बेला उनका बुवा इरानबाट फर्किए। 

इरानमा पछिल्लो समय कोरोना भाइरसको प्रकोप फैलिएको छ। ती सैनिकका बुवालाई पनि उक्त भाइरसले समातिसकेको रहेछ। तर लक्षण देखिसकेका थिएनन्। उनी घर आए छोराछोरीसँगै बसे। 

तर पछि उनलाई ज्वरो लगायत लक्षण देखिन थाले। मार्च २ देखि उनलाई लद्दाख हार्ट फाउन्डेसनमा क्वारेन्टिनमा राखियो। परीक्षण गर्दा सोमबार उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। त्यतिञ्जेल उनका ३४ वर्षीय छोरा आफ्नो ड्युटीमा फर्किसकेका थिए। 

अहिले ती सैनिकमा पनि कोरोना भाइरसको  संक्रमण भएको पुष्टि भएको छ। 

एनडिटिभीका अनुसार लद्दाखको लेहमा रहेका ती सैनिकलाईअहिले आइसोलेसनमा राखिएको छ। उनकी श्रीमती, बहिनी र दुई बच्चालाई पनि  क्वारेन्टिनमा राखिएको छ।

उता पुणेमा अर्का एक भारतीय सैन्य अधिकारी पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि क्वारेन्टिनमा बसेका छन्। पुणेको सैन्य इन्स्टिच्युटका ती अधिकारीले अहिलेसम्म कोरोना परीक्षण नगरेको एनडिटिभीले जनाएको छ।

भारतमा पछिल्लो समय कोरोनाका संक्रमित बढिरहेका छन्।  सोमबारसम्म त्यहाँ १४७ जनामा कोरोना देखिएको छ भने ३ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*