भ्वाइस अफ नेपाल विवादः पहिलो सिजनकै प्रतियोगीले पारिश्रमिक नपाएको आरोप

रियालिटी शोका आयोजक र प्रतियोगीबीच हुने विवादमा भ्वाइस अफ नेपालसमेत जोडिएको छ। दोस्रो सिजनसमेत सक्काएको यो कार्यक्रमका आयोजक विवादमा आउनुको कारण चै पहिलो सिजन हो।
पहिलो सिजनको फाइनलिस्टको उत्कृष्ट चारमा पुगेका २ प्रतियोगी सप्तक दूतराज र श्रीजय थपलियाले सम्झौतामा उल्लेख भएअनुसार आयोजकले पारिश्रमिक नदिएको दाबी गर्दै खुल्ला पत्रै लेखेका छन्।
यी दुवैले एकै शैलीमा आफ्नो फेसबुक पेजमा आयोजकलाई खुल्ला पत्र लेख्दै सम्झौता पत्रमा उल्लेख भएअनुसारको मासिक पारिश्रमिक र विदेशमा आयोजित कार्यक्रमबापत दिइने भनिएको पारिश्रमिकै नपाएको दाबी गरेका छन् ।
म भ्वाइस अफ नेपाल सिजन १ को टप ४ फाइनलिस्ट मध्य हो। मलाई यसरी सामाजिक संजालमा आएर आफ्नै टिमभित्रको कुरा गर्न त मन थिएन। तर सम्बन्धितले नै बाध्य बनाएको हो,ु दुवैले खुल्ला पत्रमा लेखेका छन् एक वर्ष लामो समयसम्म मौन बसेको नै हुँ। आज भोली भन्दै कन्ट्रयाक्ट पेपरमा सहमति भएका कुराहरू सिजन दुई सकिँदा पुरा नहुँदा यो प्रतिभा उजागरको नाममा मौलाएको ठगी धन्दा बुझेको छु ।
उनीहरुको दाबीअनुसार आयोजकले विश्व भ्रमण, एक वर्षसम्मको खानेबस्ने व्यवस्था, मासिक एक लाख तलब, हरेक शो गरेबापत ५० प्रतिशत रकम दिने बताएका थिए। तर बारम्बार अनुरोध गर्दा पनि व्यवस्था भएको थियो।
थुप्रै भ्रामक सपनाहरु देखाइए जुन कागतमा मात्र सिमित रहे। हामीले बारम्बार अनुरोध गर्दा पनि हामीलाई बेवास्ता गरियो। कन्ट्रयाक्टमा रहदाँ आफूअनुकुल काम पनि गर्न दिइएन‚ु दुवैको खुल्लापत्रमा दाबी गरिएको छ।
उनीहरुले खुल्लापत्र सुरुवातमात्र भएको र यसलाई अन्यथा नसोच्न आग्रह गर्दै धैर्यताको सिमारेखा हुने भएकाले आफूहरु खुल्ला पत्र लेख्न बाध्य भएको घुस लिनेजत्तिकै घुस दिने पनि सजायको भागिदार हुने र अन्याय गर्नेभन्दा पनि अन्याय सहनेको ठुलो गल्ती हुने भएकाले यो शैलीको अन्त्य हुनुपर्ने उल्लेख गरेका छन्।
गायनसम्बन्धी रियालिटी शोको अन्तर्राष्ट्रिय फ्रेन्चाइज कार्यक्रम भ्वाइस अफ नेपाल‚ नेपाल आइडल विभाजित भएपछि नेपाल भित्रिएको थियो। हिमालयन टेलिभिजनमा प्रशारण भएको यो कार्यक्रमको निर्देशक लक्ष्मण पैड्याल, एक्जुकेटिभ प्रोड्युसर प्रल्हाद सिंह महत र सुशिल नेपाल हुन्।
भ्वाइसको विवाद श्रृंखला
भ्वाइस विवादमा आएको पहिलो पटक होइन। यो कार्यक्रम यसअघि पनि पटक पटक विवादमा आइसकेको छ। यसअघि भ्वाइस अफ नेपाल पहिलो सिजनका सहायक निर्देशक एवं आइटी हेड फिरोज तिमल्सिनाले आफूले अहिलेसम्म पारिश्रमिक नपाएको भन्दै फेसबुकमा खुल्ला पत्र राखेका थिए।
खुल्ला पत्रमा उनले लेखेका थिए ुमेरो तलब १५ लाख बराबरको निस्कियो जसमध्ये प्रल्हादजी मार्फत दुई किस्तामा ५(५ लाख प्राप्त गरेँ। अन्तिम किस्ता म यूएस उड्ने दिनमा थियो। मैले एएनसीका लागि लिएको ऋण एक लाख ४० हजार पनि बल्लबल्ल अन्तिम घडीमा प्राप्त गरेँ। बाँकीको ५ लाख समयसँग तपाईंले बिर्सिनुभोजस्तो लाग्यो।
सिजन–२ मा पुराना २ कोच सनुप पौडेल र अभया सुब्बा हटाएर राजु लामा र आस्था राउत राखेपछि पनि विवाद भएको थियो। दोस्रो सिजनमा पहिलो सिजनका कोच दीप श्रेष्ठ र प्रमोद खरेल यथावत् रहेका थिए। अभयाले आफ्नो युट्युब च्यानलमार्फत भ्वाइसलाई ‘डियर भ्वाइस नेपाल’ सम्बोधन गर्दै आफू निकालिनुको जवाफ मागेकी थिइन्।
‘मलाई यो भिडियो बनाउन त मन थिएन तर, बाध्यता नै पर्यो। मलाई धेरै प्रश्न सोधिरहेका छन्, यो सिजनमा किन हुनुहुन्न्’ चार दिनअघि सार्वजनिक भिडियोमा अभयाले भनेकी छन्, ‘म कमजोर मान्छे होइन, चुप लागेर बस्ने मान्छे होइन।
बिचरा अभया भ्वाइसमा छैन भन्ने कुरा सुन्नु छैन। बलियो भएर बस्नु महत्वपूर्ण कुरा हो। म बिचरा होइन। म मरेको छैन। जीवितै छु। मलाई मरेकोजस्तो व्यवहार नगर्नुस्। मलाई मेरो पक्षबाट कुरा क्लियर गर्नुछु उनले भिडियोमा भनेकी थिइन्।
स्रोतः नेपाल लाइभ