कोरोना भाईरस नेपालमा नभित्रियोस् भन्दै पुजापाठ

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार २१:४५
;

बैतडीका विभिन्न मन्दिरहरुमा विशेष पूजापाठ सुरु गरिएको छ । कोरोना भाइरस नेपाल नभित्रियोस् भन्दै पूजापाठ सुरु गरिएको हो ।

भारतसँग खुल्ला सिमाना रहेको नेपालका अधिकांश भेगमा दुबै देशका नागरिकहरुको खुल्ला अवागमन भइरहेकाले मनोवैज्ञानिक असर कम गर्नको लागि पुजापाठ गरिएको हो । 

दशरथचन्द नगरपालिका वडा न– १ का मुखिया सिद्धराज भट्टका अनुसार निङ्गलाशैनिको मन्दिरमा निंगलाशैनि धार्मिक सेवा समितिले बलिसहित बिशेष पूजाआज गरिरहेको छ । 

त्यसैगरी सुर्नया गाँउपालिका वडा न। १मा रहेको हटैराज र श्रीकेदार मन्दीरमा अविशेकसहित विषेश पूजाआजा सुरु गरिएको वडा अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताएका छन् । 

कोरोना भाइरस बिरुद्ध खोप नबनेको बर्तमान अवस्थामा पूजापाठका माध्यमबाट मनोबैज्ञानिक असर न्यून हुने निङ्गलाशैनि मन्दिरका मुखिया मानबहादुर बोहराले बताएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*