विदेशमा रहेका नेपालीलाई सुरक्षित रहन सरकारको आग्रह 

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार २३:३९
;

सरकारले विदेशमा रहेका नेपालीलाई आफू भएकै देशमा सुरक्षित रहन आग्रह गरेको छ । सरकाले स्वास्थ्य समस्या आएमा उपचार गराउन अनुरोध गर्दै जुन देशमा बस्दै आएको हो त्यहि सुरक्षित बस्न आग्रह गरेको हो ।

कोरोना भाइरस नियन्त्रणको प्रयासमा सरकारले बुधबार मात्र युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । यो प्रतिबन्ध भोलि मध्यरातबाट लागू हुनेछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोनासम्बन्धी उच्चस्तरीय समिति सचिवालयले संसारभरीको अवस्था हेरेर प्रतिबन्ध खुल्ने या फेरि थप्ने भनेर निर्णय हुने बताएको छ । 
प्रतिबन्धित देशबाट स्वदेश फर्किन नपाउने भएसंगै सरकारले यस्तो आग्रह गरेको हो ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोरोना भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले खाडीका ६ देश, मलेसिया, इरान, टर्की, दक्षिण कोरिया, जापान र युरोपका सबै देशबाट नेपाल आउने विदेशी यात्रीसँगै नेपाली नागरिकलाई पनि नेपाल आउन प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्ध लागेका देशबाट वा ती देशलाई ट्रान्जिट बनाएर कोही पनि नेपाल प्रवेश गर्न नपाउने भएको छ ।

सरकारको यो निर्णयप्रति विदेशमा कार्यरत श्रमिकले भने असन्तुष्टि व्यक्त गरेका छन् । कम्पनीले भिसा रद्द गरेको, पासपोर्टमा लागेको भिसा अवधि पनि सकिनै लागेको अवस्थामा के गर्ने भनेर धेरै नेपाली श्रमिकले सरकार संग प्रश्न गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*