बागमती प्रदेशसभाबाट दुई विधेयक पारित 

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार २३:५९
;

बागमती प्रदेशसभाको बैठकले दुई वटा विधेयक पारित गरेको छ । बिहिबार बसेको प्रदेश सभा बैठकले स्थानीय तहका पदाधिकारी, सदस्यहरुको सेवासुविधको संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा युवा परिषद् गठनको व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसहमतिमा पारित गरेको हो ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय तहका पदाधिकारी, सदस्यहरुको सेवासुविधको संशोधन गर्न बनेको विधेयक र सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशमा युवा परिषद् गठनको व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भनि छुट्टाछुट्टै प्रस्ताब प्रस्तुत गरेका थिए ।

तत्कालिन प्रदेश नम्बर ३ प्रदेशसभाको बैठकबाट स्थानीय पदाधिकारी सदस्यहरुको लागि पारिश्रमिक र सुविधा उपलब्ध गराउने सम्बन्धि ऐन २०७५ लाई पारित गरि प्रमाणिकरण भइसकेको थियो ।

सर्वोच अदालतमा परेको रिटमाथि बहस पैरबी हुँदा गत कात्तिक १ गते सो ऐनलाई खाजेज गर्ने फैसला गरेको थियो । सो फैसलालाई सम्मान गर्दै आज स्थानीय निकायको पदाधिकारी र सदस्यहरुको सेवासुविधा उपलब्ध गराउने विषयमा विधयेक पारित गरिएको होे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*