कोरोनाको जोखिमका कारण राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित
कोरोना भाइरसको संक्रमणको जोखिमकाकारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । भाईरसको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबारका लागि तय भएको बैठक अर्को सूचना जारी नगरेसम्मका लागि स्थगन गरेको राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले जनाएको छ ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको बैठक पनि १३ गतेसम्मलाई स्थगित गरिसकिएको छ ।