कोरोना संक्रमणविरुद्ध सरकार निर्णय पालना गर्न प्रचण्डको आग्रह

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार १६:५२
;

कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न प्रचण्डले सबैमा आग्रह गरेका छन् ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारकिा रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई आग्रह गरेका हुन् ।

केही दिनयता भेटघाट सीमित गरी घरभित्रै बसिरहेका उनले आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने गरी पहल बढाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ, ।’ 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*