प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक 

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार १८:५२
;

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।  मिर्गौला पुनः प्रत्यारोपणपछि उनले पहिलो पटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । 

मन्त्रीपरिषदको बैठक दिउँसो ४ बजेलाई बोलाईएको छ ।

गत फागुन १८ गते मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो ।

बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न कोरोना भाइरस रोकथामका लागि उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । समितिको संयोजकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल रहने निर्णय गरेको थियो ।
सरकारले अत्वाश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदलसमेत बनाइसकेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकमा हालसम्मको कामको समीक्षा हुने बताइएको छ ।

चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट,छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठक बसेको थिएन ।

नेकपा सचिवालय बैठक समेत यसबीचमा एक पटक मात्र बसेको छ । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको जनाइएको छ ।

मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*