प्रतिनिधि सभाको बैठक चैत २३ गतेका लागि सारीयो

हेटौडा न्युज
१२ चैत्र २०७६, बुधबार १९:२७
;

प्रतिनिधि सभा संसदको बैठक आउदो चैत २३ गतेसम्मका लागि सरेको छ । संघीय संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीले सूचना निकालेर कोरोना भाइरसको सम्भावित संक्रमणका सरकारले लकडाउन र अत्यावश्यक बाहेकका सेवा बन्द गरेका कारण बैठक सार्नुपरेको बताएका छन् ।

यसअघि यही चैत ७ गतेलाई बोलाइएको बैठक पनि बिहीबार बस्ने गरी स्थगित भएको थियो । यही १६ गतेसम्म देशभर लकडाउन हुनेछ भने, सरकारले २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गराएको छ ।

प्रतिनिधि सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । राष्ट्रियसभाले एक सूचना जारी गरेर बैठक स्थगित भएको घोषणा गरेको हो ।

राष्ट्रियसभाको बैठक भने अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*