‘आइएमई पे’ को ग्राहकहरु माझ ‘चार गुण सशक्त’ योजना

‘आइएमई पे’ ले आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ नयाँ योजना प्रस्तुत गरेको छ ।
अहिलेको परिस्थितिमा डिजिटल मनी ट्रान्सफर र भुक्तानी नै उपयूक्त हुने भन्दै आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै ‘चार गुण सशक्त’ नाम दिइएको ‘आइएमई पे’ मोबाइल वालेट खाताको सुविधा सुरु गरेको छ ।
‘आइएमई पे’ ले वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा सहितको योजना बजारमा ल्याएको छ । सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरि ४ प्रतिशत ब्याज पाउने छन् भने सेवाग्राहीहरुले वालेटमा रु. १००० को न्यूनतम ब्यालेन्स राख्नु पर्ने छ ।
अब सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिटान्सबाट छिटो र सजिलै मोबाइलमा प्राप्त गर्न सक्ने छन् । साथै देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिन्छ ।
यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ । बैंकमा रकम ट्रान्सफर गर्दा पनि कुनै शुल्क नलाग्ने जनाएको छ । आइएमई पे वालेट प्रयोगकर्ताहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्नेछन् ।
आइएमई पे ले टप–अप अर्थात् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याकको सुविधा बजारमा ल्याएको छ । यो योजना अनुसार, आइएमई पे वालेट प्रयोगकर्ताहरूले नेपाल कुनै पनि नेटवर्कको सिम कार्डमा रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त थप ५ प्रतिशत क्यसब्यकको अफर बजारमा ल्याएको हो ।
आइएमई पे ले ५०० रिवार्ड पोइन्टस्को सुविधा पनि सोहि एपमा समावेश गरेको छ । यो योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने भएका छन् ।
आइएमई पे का अनुसार रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिने बताएको छ ।
आइएमई पे ले सजिलो, भरपर्दो र छरितो क्यास आउटको सुविधा प्रयोगकर्ता माझ ल्याएको छ । हाल विश्वव्यापी महामारी फैलिएको अवस्थामा आइएमई पे सबैलाई डिजिटल भुक्तानी र मनी ट्रान्सफर गरी आफ्नो अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्न सेवाग्रहिहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एप मार्फत नै भुक्तानी तथा मनि ट्रान्सफर गरि सजिलो, भरपर्दो र छरितो सेवा लिन सक्ने सुबिधा ल्याएको छ ।
देशको स्थिति सामान्य हुदै गएपछि नगदको आवश्यकता परेमा देसभारिका कुनै पनि नजिकको एजेन्टबाट वालेटको रकम निशुल्क निकाल्न सकिन्छ जनाएको छ । यो सुविधाको प्रयोगबाट घरैबाट सेवाग्राहीहरुको आवश्यकता पुरा गर्न सहयोग पग्ने जनाइएको छ ।