लकडाउनपछि रोकिराखेको बसमा आगलागी 

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार २०:४०
;

लकडाउन पछि रोकिराखेको बसमा आगलागी भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–६ का स्थानीय पद्म बहादुर कटुवालले लकडाउनपछि एक सातादेखि जनवादी चौकबाट करिब सय मिटर दक्षिण साइड लगाएर राखेको ना ६ ख ७१६९ नं.को बसमा बिहान साँढे १ बजेतिर अचानक आगलागी भएको हो । 

लालबन्दीबाट नारायणघाट चल्ने भैरहवा ट्राभल्समा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिएका छन् ।  

आगलगीबाट करिब २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बसमा कसरी आगलागी भएको हो त्यो अहिले सम्म खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*