पेट्रोलको मूल्य १० रुपैयाँले घट्यो

नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
ईन्डियन आयल कर्पोरेशन अप्रिल १ मा प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको ८५ र हवाई इन्धनको ७५ रुपैयाँ आन्तरिक र ९५० प्रतिकिलोलिटर पर्ने छ ।
एलपी ग्याँसको हालको मूल्य भने यथावत रहेको छ ।