निजी अस्पतालबाट विरामी फिर्ता गरिए कार्बाही गर्ने मुख्यमन्त्री पौडेलको चेतावनी

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार २२:५३
;

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अस्पतालबाट कुनैपनि विरामी फिर्ता गरिए कार्बाही गर्ने बताएका छन् । आज बिहिबार एक फेसबुक पेज मार्फत निजी अस्पतालप्रति लक्षित गर्दै उनले यस्तो चेतावनि दिएका हुन् ।

मुख्यमन्त्री पौडेलका अनुसार प्रदेश मातहतका अस्पतालबाट कुनैपनि प्रकारका विरामी फिर्ता गरिए कार्बाही गर्ने बताएका हुन् । निजी अस्पतालले नाफा र घाटाका दृष्टिले हेर्ने व्यपारिक प्रवित्ती परिवर्तन गरी अस्पताल विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर हो भन्ने बुझ्नु पर्ने उनले बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘ती अस्पतालका संवेदनाहीन, मानवता विरोधी तथा २१ औं शतव्धीको मानव समाजलाई नै गिज्याउनेगरी भएका घ्रिणित क्रियाकलाप प्रति दुःख व्यक्त गर्दै त्यस्ता क्रियाकलापहरुलाई तत्काल सच्याउन अनुरोध गर्दछु । साथै आफ्ना सेवाहरुलाई विगतमा जस्तै निरन्तरता दिन समेत आग्रह गर्दै प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्रका अस्पतालहरुको छानविन गर्ने र दोषि देखिए कार्वाही गरिने समेत जानकारी गराउदछु ।’

देशमा कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा नेपाली स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भुमिका अन्त्यन्तै प्रशंसनीय र उदाहरणीय रहेको उनले बताए । जोखिमका वावजुत पनि संक्रमण रोकथामका लागि योजना निर्माण र त्यसको कार्यान्वयनमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु प्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेका छन् ।

यस्तो परिस्थितिमा पनि केही निजी स्वास्थ्य संस्थाहरुले मानवीय मूल्य र मान्यता विपरित विशेष प्रकृतिका बिरामीहरु बाहेकको अवस्थामा बिरामीलाई अस्पतालमा भर्ना नै नलिई फर्काइएको र उनीहरुले उपचार नै नपाई तड्पिनु परेको भन्ने हृदयविदारक खबरले अत्यन्तै आफुलाई दुखी तुल्याएको बताए । यस विषम परिस्थितिको सामना गर्न हामी सबैको साथ, सहयोग र ऐक्यवद्धता आवश्यक रहेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*