साहरुख खानले आफ्नो चार तलाको अफिस क्वारेन्टाइनका लागि दिने
साहरुख खानले आफ्नो चार तलाको अफिस क्वारेन्टाइनका लागि दिने घोषणा गरेको छ ।
महाराष्ट्र सरकारले उनीहरुको घरलाई क्वारेन्टाइनका लागि प्रयोग गर्ने बताएको छ । साहरुख र उनकी पत्नी गौरीले कोरोना संक्रमितको आशंका रहेका वा कोरोना संक्रमित रहेका वृद्धा मानिस, महिला र बालबालिकाका लागि यो घर दिने घोषण गरेका हुन् ।
साहरुख र गौरीको यो नयाँ सहयोगका लागि महाराष्ट्र सरकारले धन्यवाद समेत दिइसकेको छ । बलिउड नायक साहरुख खान कोरोनासँगको यो लडाइँमा खुलेरै लागेका छन् ।