अध्यक्ष कार्कीद्वारा पत्रकारलाई राहत वितरण

पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले आफ्नै खर्चमा पत्रकारहरुलाई राहत वितरण गरेका छन् । देशमा कोरोना संक्रमणको जोखिम बढीरहेको र देश लकडाउनको अवधिमा रहेकोले जनतालाई सूचना प्रवाह गर्न निरन्तर खटिरहेका १९ जना पत्रकारहरुलाई राहत वितरण गरेका हुन् ।
अध्यक्ष कार्कीले सिन्धुलीबाट संचालन हुने ६ वटा मिडियाका १९ जना पत्रकारहरुलाई यस संकटको समयमा पनि निरन्तर जनतामाझ सूचना प्रवाह गर्नुपर्ने जिम्मेवारी पुरा गरिरहेको भन्दै उनिहरुको मनोबल उच्च पार्न राहत वितरण गरेको बताउछन् ।
श्रमजिवी पत्रकारहरुको हकहितका पक्षधर कार्कीले व्यक्तिगत खर्चमा १९ जना पत्रकारहरुलाई १ महिनासम्म पुग्ने खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । देशमा संकट परेको बखत आफुले सदरमुकाममा डेरा गरेर बस्ने पत्रकारलाई सानो सहयोग गर्ने अवसर पाएकोमा कार्की खुशी व्यक्त गरे ।
कार्कीले चामल, दाल, नुन, तेल, गेडागुडी, चिउरा, सावुन लगाएत सामग्री राहतमा समावेश गरी वितरण गरेका थिए ।