कोरोनाको नयाँ लक्षणः  चक्कर लाग्नेदेखि होश गुम्ने सम्म

हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार २२:०६
;

कोरोना भाइरसका केही बिरामीमा न्युरोलोजिकल समस्या जस्तै, चक्कर लाग्ने, टाउको दुख्ने र होश गुम्ने  समेत देखिएको शुक्रबार सार्वजनिक नयाँ अध्ययन प्रतिवेदनले जनाएको छ । 

चीनमा धेरै अनुसन्धानकर्ताहरुले मिलेर यसबारे अध्ययन गरेका हुन् । उनीहरुले २ सय १४ जना कोरोना भाइरसका बिरामीको लक्षण जाँच गरेका थिए । 

त्यसक्रममा झन्डै आधा बिरामीमा कुनै न कुनै न्युरोलोजिकल समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ३६ जनामा चक्कर लाग्ने, २८ जना टाउको दुख्ने र १६ जनामा होश गुम्ने लक्षण देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । एकै व्यक्तिमा सिजर्स र अटासिया ९बोली स्पष्ट नहुने र अस्थिर रहने ० रोग समेत देखिएको छ । त्यस्तै १९ बिरामीले ‘सेन्सरी ड्यामेज’ ९स्वाद र वास्ना थाहा नपाउने ० अनुभव गरेको अध्ययनकर्ताहरुले जनाएका छन् । 

कोरोना भाइरसका कारण विश्वभर १६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने १ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । स्रोतः रातोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*