एनसेलले तिर्‍यो  १४ अर्ब ३३ करोड कर

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार २२:०३
;

एनसेलले नेपाल सरकारलाई पुँजीगत तर्फको लाभकर तिरेको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई आइतबार १४ अर्ब ३३ करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको हो ।

यसअघि एनसेलले पहिलो पटक गत पुसमा ४ अर्ब ५० करोड  र दोस्रो पटक चैतमा ४ अर्ब ६० करोड रुपैयाँ पुँजीगत लाभकर बुझाएको थियो भने बाँकी रहेका लाभकर एनसेलले आज बुझाएको हो ।

सर्वोच्च अदालतले एनसेललाई २१ अर्ब १० करोड रुपैयाँ लाभकर तिर्ने गरी फैसला गरेको भएपनि ठुला करदाता कार्यालयले जरिवाना समेत गरी २२ अर्ब ४४ करोड रुपैयाँ बुझाउन पत्र पठाएको थियो ।    

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*